सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गरेका छन्।
गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि आएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
सो अवसरमा सांसद कार्कीले यस्तो दुःखद घटनाप्रति सरकार गम्भीर रहेको भन्दै पीडित परिवारको पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताए।
आगलागी पीडितका लागि हालसम्म आठ लाख २७ हजार आठसय १ रुपैयाँ सङ्कलन भएको जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए। रासस