प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनमा नवनिर्मित नागरिक सहायता भवन र सिसिटिभी कक्ष उद्घाटन गर्दै शुक्रबार महानिरीक्षक अर्यालले प्रहरीले जनतालाई प्रदान गर्ने सेवाको कुनै विकल्प नरहेको बताए। उनले जनताको अपेक्षा अनुरुप काम गर्न प्रहरीलाई निर्देशन समेत दिए।
महानिरीक्षक अर्यालले समाजमा शान्ति सुरक्षा कायम राख्न नागरिक समाजको पनि उत्तिकै सहभागिता आवश्यक रहेको औंल्याए।
एक करोड रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालय चितवनमा सुविधा सम्पन्न नागरिक सहायता भवन निर्माण भएको हो। यस्तै, जिल्लाका २२ स्थानमा ३७ वटा सिसि क्यामरा जडानमा झन्डै ६० लाख रुपैयाँ खर्च भएको छ।