क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको छ।
उनी ९० वर्षका थिए। कास्ट्रोको वामपन्थी आन्दोलनका नेता पनि थिए। कास्ट्रोको स्वास्थ्यबारे चिन्ताहरु व्यक्त भइरहँदा पछिल्लोपटक गत अगस्टमा उनी सार्वजनिक रुपमा देखिएका थिए।
आफ्ना भाइ राउल कास्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघि एकदलीय शासन व्यवस्था अन्तर्गत झण्डै आधा दशक उनले शासन गरेका थिए।
कास्ट्रोका समर्थकले क्युबालाई जनतामा फर्काएका नेताको रुपमा उनको प्रशंसा गर्दछन् तर उनका विरोधीले विपक्षीमाथि क्रुरतापूर्वक दमन गरेको आरोप लगाउने गरेका छन्।