गाविसको भवन नभएको फलैँचा गाविसका आदिवासी जनजातिले चारकोठे भवन निर्माण गरिदिएका छन्।
गाविसबाट विनियोजन हुने लक्षित वर्गअन्तर्गतको आदिवासी जनजाति शीर्षकको बजेटबाट सो भवन निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ फलैँचाका अध्यक्ष एलबी बेघाले बताए।
चार कोठे उक्त भवनको छत ढलानको काम सम्पन्न भएको र प्लास्टर गर्ने काम बाँकी रहेको अध्यक्ष बेघाले जानकारी दिए। २२ लाख रुपैयाँ अनुमानित लागत रहे पनि सो भवन बनाउन स्थानीय आदिवासी जनजातिको श्रमदानबाट छ लाख रुपैयाँमै ठेक्का दिई काम सम्पन्न हुन लागेको उनको भनाइ छ । रासस