नेपाल प्राध्यापक सङ्घले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको नियुक्तिका विषयलाई लिएर उपकुलपतिको निजी निवास अगाडि धर्ना दिने कार्य वैयक्तिक अधिकारविपरीत भएको जनाएको छ।
प्रा डा गोविन्द केसीको चिकित्सा शिक्षामा शुद्धता, गुणस्तरीयता र नेपाली जनताको पहुँच लगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति ज्येष्ठता र वरिष्ठताका आधारमा हुनुपर्ने मागप्रति सङ्घले ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक मूल्यमान्यताप्रति आँच आउन दिन नहुने विज्ञप्तिमा उल्लेख गरेको छ। रासस