स्करपियोको ठक्करबाट झापाको शिवसतासी नगरपालिका–५ मा सोमबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइराला रहेका छन्।
कोइरालालाई साँझ ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्करपियोले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।
यसैगरी, झापाको शनिअर्जुन नगरपालिका–४ भित्री सडक खण्डमा सोमबार साँझ ६ बजेतिर मे ३ प ३४२५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकलमा सवार स्थानीय १३ वर्षीया भावना विश्वकर्मा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने मधु गिरी घाइते भएका छन्। घाइते दुबै जनाको विर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। रासस