लिभरपुलका पूर्व स्टार स्ट्राइकर माइकल ओवेनको कम उमेरमा गोल गर्ने कीर्तिमानलाई बेन उडबर्नले भंग गरेका छन्। इएफएल कपअन्तर्गत घरेलु एनफिल्डमा मंगलबार राति लिड्स युनाइटेडविरूद्धको खेलमा किशोर खेलाडी उडबर्नले ‘रेड डेभिल्स’का लागि कम उमेरमा गोल गर्ने ओवेनको कीर्तिमानलाई भंग गरेका हुन्।
वेल्स युथ–१९ का स्ट्राइकर उडबर्नले चौथो खेलपछि टिममा स्थान पाएका थिए। जसमा उनले दोस्रो गोल गर्ने क्रममा नयाँ इतिहास रचेका हुन्। २–० ले लिभरपुल विजयी यस खेलमा उडवर्गले ८१ मिनेटमा गोल गरेका थिए। उडवर्ग गोल गर्दा १७ वर्ष ४५ दिनका थिए। उनले ९८ दिनले ओवेनको कीर्तिमान भंग गरेका हुन्।
आफ्नो कीर्तिमान भंग भएपछि ओवेनले ट्विटरमा एउटा सन्देश पोस्ट गर्दै उडवर्नलाई बधाई दिए।