वीरगन्ज उपमहानगपालिकामा कार्यरत नगर प्रहरी गएराति अपहरण मुक्त भएका छन्। आइतबार साँझ पर्साको जिगना हरपुर गाविसबाट अपहरणमा परेका नगर प्रहरी रामऔतार कुर्मी बुधबार बिहान प्रहरीको सम्पर्कमा आएका छन्। पर्साको मधुवन मथवल गाविसको औराहा टोलबाट प्रहरीले अपहरित कुर्मीलाइ बिहान ५ बजे उद्धार गरेको जनाएको छ।
मंगलबार राति १ बजे अपहरणकारीको नियन्त्रणबाट भागी औराहाटोलमा लुकेका कुर्मीलाई बिहान स्थानीयले प्रहरी चौकीमा पुर्याएका थिए।
वीरगन्ज उपमहानगरपालिका(२७ रामगढवा निवासी कुर्र्मीको सकुशल उद्धार गरिएको पुष्टि गर्दै पर्साका प्रहरी उपरीक्षक गोविन्द प्रसाद साहले घटनाको थप अनुसन्धान भइरहेको बताए। उनले भने, ‘कुर्मीको सकुशल उद्धार भएको छ, नलाई इलाका प्रहरी कार्यालय एकटंगामा राखि आवश्यक सोधपुछ भइरहेको छ।’
कुर्मी अपहरणमा संलग्न रहेको आशकांमा पर्सा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।