राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ। भेटमा सभामुखले व्यवस्थापिका संसदमा भइरहेको पछिल्लो गतिविधि र मंसिर ५ गतेदेखि ११ गतेसम्म आफुले गरेको रुस भ्रमणबारे जानकारी गराइन्।
सभामुखले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायत नेताहरुसँग आफुले छुट्टाछुट्टै छलफल गरेको जानकारी पनि सभामुखलाई गराइन्। छलफलका क्रममा सभामुख घर्तीले दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिवद्ध रहेको बताएको र आवश्यक परेमा सहमतिको वातावरण बनाउन आफू तयार रहेको बताइन्।
राष्ट्रपति भण्डारीले पनि दलहरुबीचको असहमति हटाएर दलीय सहमति जुटाउन संयोजनकारी भुमिका खेल्दै संसदका गतिविधि अघि बढाउन सभामुखलाई आग्रह गरिन्। नियमित भेटका लागि सभामुख घर्ती बिहीबार बिहान १० बजे राष्ट्रपति निवास गएकी थिइन्।