प्रहरीले सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–८ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय हनुमानगरबाट गएको प्रहरीले सो ठाउँमा चेकजाँच गर्ने क्रममा वडा–४ बस्ने ४५ वर्षीया सीताराम चौधरी र ४० वर्षीया जगदीश सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको ४०० बोतल लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।
यस्तै इलाका प्रहरी कार्यालय मोहलीले जिल्लाको बक्दुवा गाविस–२ स्थित करेसाबारी छेउमा रोपेको ७५ वटा गाँजाका बोट नष्ट गरेको छ। रासस