संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सुरू आन्दोलनले आज छैठौं दिन पनि बुटवल बजार पूर्ण रुपले बन्द छ।
प्रदेश टुक्राउन पाईँदैन भन्दै सर्वसाधरण स्वःस्फूर्त बिहानैदेखि सडकमा उत्रिएका हुन्।
व्यापारीले समेत आफ्ना व्यवसायलाई बन्द गरेर अखण्ड ५ नं. प्रदेशको पक्षमा उभिएका छन्। उद्योगी व्यावसायी, यातायात, विद्यालय सबै ठप्प पारी आन्दोलनमा उत्रिएका सर्वसाधरणले प्रदेशको सीमांकन हेरफेर गलत भएको भन्दै सच्चाउन माग गरिहेका छन्। सुरूका दिनहरूमा अराजक बनेको आन्दोलन आज छैठो दिनसम्म आईपुग्दा शान्तिपूर्ण बन्दै गएको छ। सडक र संसदबाट आन्दोलन चलिरहँदा सत्तापक्षले मागलाई बेवास्ता गरेपछि आन्दोलनलाई थप शसक्त बनाउने योजनामा सर्वसाधारण पुगेका छन्।
आन्दोलनमा सहभागि सवैले २४ सै घण्टा आमहड्तालको माग समेत गरेका छन् । अखण्ड ५ नं प्रदेशको माग गर्दै राजमार्ग चौराहबाट सुरु भएको र्याली मिलनचोक, बसपार्क, अस्पतालाईन, अमरपथ, हाटबजार, गोलपार्क, ट्राफिकचोक हुदै अस्पताललाईनमा आई कोण सभामा परिणत भएको थियो।
कोण सभामा बोल्दै पूर्वसांसद नेत्र पन्थीले सरकारले संसोधन विधेयक फिर्ता नहुँदासम्म सदन र सडकबाट एमालले आन्दोलनको चर्काउने बताए।
६ दिन बितिसक्दा पनि सरकारले आन्दोलनलाई वेवास्ता गरेको भन्दै उनले आजको सर्वपक्षीय बैंठकपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए।
त्यसैगरी पूर्वमेहर एवं नेकपा एमाले रुपन्देहीका निवर्तमान अध्यक्ष भोज प्रसाद श्रेष्ठले आन्दोलनलाई अझ बढी शशस्त बनाउदै लैजाने बताए।