नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो वर्षको टाइम पर्सन अफ द ईयर २०१६ चुनिएका छन्। जनताको भोटिङबाट विजयी भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै ट्रम्पले बाजी मारेका हुन्। सम्पादकीय टोलीले ट्रम्पलाई विजयी बनाएको हो।
जनताको भोटिङमा मोदीले सबैभन्दा बढी १८ प्रतिशत मत पाएका थिए। पाठकले अनलाइनमार्फत मोदीलाई विजयी गराएका थिए।
टाइम्स पर्सन अफ द ईयर अवार्ड सबैभन्दा पहिले ८९ वर्ष अगाडि सन् १९२७ मा प्रदान गरिएको थियो। सन् १९९९ सम्म यस अवार्डको नाम टाइम म्यान अफ द ईयर बाट वितरण हुँदै आएको थियो।