मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले अति राजनीतिका कारण विकास आयोजनाहरु समयमै पुरा हुन नसकेको बताएका छन्।
विकास आयोजनाका कामहरु समयमै पुरा नहुनुका कारणबारे छलफल गर्न विकास समितिले बिहीबार बिहान बोलाएको बैठकमा बोल्दै मुख्य सचिव सुवेदीले अति राजनीति विकास आयोजना निर्माणमा ढिलाई हुनुको मुख्य कारण रहेको बताएका हुन्।
मुख्य सचिव सुवेदीले विकास आयोजनालाई अघि बढाउन सरकारले आवश्यक निर्देशन दिएको उल्लेख गर्दै त्यसलाई पालना गर्न कर्मचारी सरुवाका कारण अप्ठयारो परेको पनि स्पष्ट पारे। विकास आयोजनाहरुमा धेरै सरुवाबढुवा हुने गरेका कारण पनि त्यसको काममा प्रगति हुन नसकेको स्पष्टिकरण दिएका हुन्।
प्राविधिक तयारी विना ल्याइएका विकास आयोजनाहरुलाई बजेटमा नसमेट्न आयोजना आयोगलाई सचेत गराउँदै उनलेसंक्रमणकालीन व्यवस्थापनको कारण पनि कामहरुले गति लिन नसकेको बताए।