महेन्द्र सिंह धोनी हालै युवराज सिंहको विवाहको रिसेप्सनमा सहभागी भए। धोनीले आफू र युवराजबीचका पुराना नराम्रा कुराहरु भुलेर आफ्नी पत्नी साक्षीका साथ युवराजको रिसेप्सनमा गएका हुन्। कुनै समयमा नजिकका साथै रहेका युवराज र धोनीबीच पछिल्लो समयमा दू्री बढेको थियो। युवराज टीम इन्डियाबाट लगातार बाहिरीएको कुरामा उनीहरुबीच समस्या आएको थियो।
तर युवराजको विवाहको रिसेप्सनमा सबै पुराना कुरा भुलेर धोनी उनीहरुलाई बधाइ दिन पुगे। धोनी त्यहाँ पुग्दा सबैजना दंग परेका थिए। धोनीले युवराज र हेजललाई उपहार दिदैँ बधाइ दिए भने युवराजले उक्त उपहार आफैंले लगेर पछाडि राखेका थिए। उनीहरुले साथमा फोटो पनि खिचाएका छन्।