अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । पुस ११ गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि २० सदस्यीय टोली छनोट गरिएको छ ।
जसमा ३ गोलकिपर, ६ डिफेन्डर, ४ स्ट्राइकर र ७ मिडफिल्डर छन् । प्रशिक्षकमा कुमार थापा र अस्मिता खवास सहायक प्रशिक्षक छन् ।
नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । अन्य खेलाडीमा नमिताकुमारी दली, गीता राना, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी, सावित्रा राजभण्डारी, कृष्णा खत्री, अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कविता धिमाल, सरु लिम्बू र निर्मला विक छन् ।
तीस खेलाडीबाट छनोट गरेर अन्तिम २० को सार्वजनिक गरिएको थियो । समूहमा ‘ए’मा रहेको नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्नेछ । भारत, अफगानिस्तान र बङ्गलादेश समूह ‘बी’मा छन् ।