टर्कीको इस्तानाबुलस्थित फुटबल रंगशाला अगाडि भएको बम बिस्फोटमा २९ व्यक्तिको ज्यान गएको छ। इस्तानाबुलको मुटुमा रहेको बेसिकाट्स रंगशाला अगाडि केही समयअगाडि बिस्फोट भएको थियो। जसमा २९ व्यक्तिको निधन र १ सय ६६ जना घाइते भएको सरकारले पुष्टी गरेको छ।
बिस्फोट कार बममार्फत नभए आत्मघाती दस्ताले गराएको र बम बिस्फोट गराउनुको उद्देश्य प्रहरी अधिकारीप्रति लक्षित रहेको बताइएको छ। बिस्फोटपछि गोलीको आवाज सुनिएको स्थानीयले बताएका छन्। बिस्फोट र गोलीको आवाजका कारण रंगशालाबाट फुटबल समर्थलाई २ घण्टापछि सुरक्षित बाहिर निकालिएको थियो।
रंगशाला बाहिर बम बिस्फोट हुँदा भोडाफोन एरिना (रंगशाला) मा टर्कीका दुई ठूला फुटबल क्लब बासिकाट्स र बुर्सास्पोर भिड्दै थिए। टर्कीमा यसै वर्ष ५ वटा बम बिस्फोट भइसकेको छ। अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन्। तर, बिस्फोट पछाडि कुर्दिस मिलिट्यान्ट समुह नभए आइएसको हात हुन सक्ने आशंका गरिएको छ।