अफ स्पिनर रविचन्द्रन अश्विन आफ्ना अग्रज तथा वर्तमान भारतीय क्रिकेट टोलीका प्रशिक्षक अनिल कुम्बलेको एउटा कीर्तिमानलाई बराबरी गर्ने नजिक पुगेका छन्। उनले इङ्ल्यान्डविरूद्ध चौथो टेस्टमा भारतलाई विजय दिलाउन १२ विकेट लिएका थिए। जुन कुनै पनि भारतीय बलरको एउटै टेस्टमा १० भन्दा बढि विकेट लिने दोस्रो ठूलो उपलब्धि हो।
उनीभन्दा अगाडि पूर्व लेग स्पिनर कुम्बले मात्र रहेका छन्। कुम्बलेले टेस्टमा ८ पल्ट १० विकेट लिने कीर्तिमान बनाएका थिए। इङ्ल्यान्डविरूद्ध चौथो टेस्टमा दशभन्दा बढि विकेट लिएपछि अश्विनले यो उपलब्धीलाई सातमा पुर्याएका छन्।
कुम्बलेले १ सय ३२ टेस्ट खेल्ने क्रममा एकै इनिङमा पाँचभन्दा बढि विकेट लिने कीर्तिमान ३५ पल्ट दोहर्याएका छन्। अश्विनको पनि ४३ टेस्टमा २४ पुगेको छ। उनी हरभजन सिंहको २५ पल्ट एउटै इनिङमा पाँच विकेट लिने कीर्तिमानको बराबरी नजिकै छन्।