नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले अहिले राज्यको तिनवटै अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अराजक ढंगले अगाडी बढिरहेकोले मूलूक दूर्घट्नाको संघारमा पूगेको बताएका छन् ।
संसददेखी सर्वोच्च अदालत सम्मका निकायले आफ्नो दायरा मिच्दै गएको बताउदै डा कोईरालाले देश अहिले ईतिहाँसकै सबैभन्दा जटिल मोडमा पूगेको बताए ।अहिले सरकार नै कानूनी राज्यको उपहास गर्न लागी परेको बताउदै उनले भने ‘देशको प्रधानमन्त्री र मन्त्रीहरूले नै दण्डहिनतालाई मलजल गरिरहेका छन् ।’
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले बागलुङमा आयोजना गरेको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम लाई संबोधन गर्दे डा कोईरालाले केन्द्रमा बसेर गूटबन्दी गर्नेहरूका पछाडी नलाग्न कार्यकर्तालाई आग्रह गरे । ‘स्वार्थको झूण्डमा बसेर भागबण्डा र गूटबन्दीमा रमाउँने नेताहरूले नै केही पाईरहनूभएको छैन भने तपाईँहरूलाई उहाँहरूले के दिनूहून्छ ?’उनले भने् ‘ किन तपाईँहरू गूटको राजनितीको पछी लागिरहनू भएको छ ।’
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू रत्ना शेरचन,गोबिन्द भट्टराई,गूरूराज घिमिरे,सांसदहरू प्रकाश पौडेल,चम्पादेबी खड्का,बागलूङ काँग्रेसका सभापती दिपेन्द्र थापा पूर्व सांसदहरू गोबिन्द शर्मा कँडेल,टंक शर्मा कँडेल लगायतले आफ्नो धारणा राखेका थिए ।