प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी समिति बैठक बस्दै छ।
मुख्य तीन दलका शीर्ष नेताबीच छलफल बाक्लिएसँगै प्रमुख प्रतिपक्षी दल एमालेले स्थायी समिति बैठक बस्न लागेको हो। बैठक पार्टी मुख्यालय धुम्बाराहीमा केहीबेरमा सुरू हुँदै छ।
'संविधान संशोधन, स्थानीय निकाय निर्वाचन लगायतका विषयमा छलफल हुन्छ,' एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगश भट्टराईले सेतोपाटीसँग भने।
सरकारले संसदमा संशोधन विधेयक दर्ता गरेपछि एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ।
संशोधन विधेयक संसदमा छलफल गर्न योग्य नरहेको बताउँदै एमालेले विधेयक फिर्ता गर्न सरकारसँग माग गरिरहेको छ।