भारतको मुम्बइमा बिहीबार एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १२ जना भन्दा बढी घाइते भएका वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन्। “बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किदाँ मृत्यु भएका तीन जनाको शव भेटिएको छ,” घाइतेहरुलाई तत्काल अस्पताल लगिएको छ, एक प्रहरी अधिकारीले भने।
स्थानीय टेलिभिजन च्यानलहरुले उद्धारकर्ताहरुले उद्धार गर्दै गरेको अवस्थाका दृश्यहरु देखाएका छन् । घटनाको कारणका बारेमा प्रारम्भिक अध्ययन गर्दा घर निर्माणमा नै कमजोरी देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। भारतमा कमजोर संरचनाको कारण बारम्बार यस्ता दुर्घटना धेरै हुने गरेको पाइन्छ । रासस/सिन्ह्वा