सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंगलबार धनगढीबाट ओलम्पिक टर्च र्याली शुरू भएको छ। सुदूरपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर साउँदले र्यालीका सहभागी ओलम्पियन विष्णु बहादुर सिंह लगायतलाई ओलम्पिक टर्च दिएर विदाई गरेका हुन्।
धनगढीदेखि पुर्वाञ्चलको विराटनगरसम्म हुने उक्त ओलम्पिक टर्च र्यालीमा सहभागि अन्य ओलम्पियनहरुमा जित बहादुर केसी, टीका बोगटी, कृष्ण बस्नेत र प्रविण तुलाधर रहेका छन्।
ओलम्पिक टर्च र्याली यही पुस ८ गते विराटनगर रंगशालामा पुगेर सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलको विराटनगर यही ८ गते देखि १४ गते सम्म आयोजना भैरहेको छ। त्यस अघि छैठौ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमाञ्चलमा आयोजना गरिएको थियो।