सरकारले टर्कीका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ गान्डेभिच कार्लोभको गत सोमबार अङ्कारामा भएको हत्याको कडा शब्दमा निन्दा गरेको छ।
सरकारले रुसी महासङ्घको सरकार र शोकाकुल परिवारका सदस्यमा सहानुभूति एवम् समवेदना प्रकट गर्दै आज जारी गरेको वक्तव्यमा कूटनीतिज्ञको कर्तव्यको अवमूल्यन हुने मूर्खता एवम् कायरतापूर्ण हत्यालाई अनुचित भनिएको छ। रासस