भारतीय क्रिकेट खेलाडी रविचन्द्र अश्विनले आइसीसी क्रिकेट अफ दी इयर २०१६ को उपाधि जितेका छन्। अल-राउण्डर तथा नम्बर वान टेस्ट खेलाडी अश्विनलाई आईसीसीले वर्ष २०१६को लागि आईसीसी क्रिकेटर अफ द ईयर तथा टेस्ट क्रिकेटर अफ द इयरबाट सम्मान गरेको छ।
अश्विनले क्रिकेटका हस्तीहरूलाई पछि पार्दै क्रिकेटको सर्वोच्च अवार्ड हात पारेका हुन्। यो उपाधि जित्ने आश्विन विश्वको १२ औं क्रिकेटरसमेत बनेका छन्। राहुल द्रविड र सचिन तेंदुलकर पछि आईसीसी क्रिकेटर अफ द ईयरको उपाधि जित्ने अश्विन तेस्रो भारतीय खेलाडीसमेत बनेका छन्। यसअघि राहुलले २००४ र तेन्दुलकरले सन्२०१० मा यो उपाधि भारत भित्र्याएका थिए।
क-कसले जिते यो अवार्ड
राहुल द्रविड़ (२००४), एंड्रयू फ्लिङ्टफ र ज्याक क्यालिस (२००५), रिकी पोन्टिङ (२००६-०७), शिवनारायण चन्द्रपल (२००८), मिचेल जोनसन (२००९) सचिन तेन्दुलकर (२०१०), जोनाथन ट्रट (२०११), कुमार संगाकारा (२०१२), माइकल क्लार्क (२०१३) र स्टीव स्मिथ (२०१५) रविचन्द्र अश्निन (२०१६)
उत्कृष्ट क्रिकेटर बन्नेक्रममा अश्विनले (१४ सेप्टेम्बर २०१५ देखि २० सेप्टेम्बर २०१६) बीच खेलेका खेलमा ४८ विकेट लिएका थिए। यस्तै टी-२० खेलमा २७ विकेट लिएका थिए। यस्तै वान डेमा ३ विकेट लिएका थिए।