वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपालमा वाणिज्य क्षेत्रका धेरै सम्भावना रहेको बताउँदै त्यसको उजागर गर्नु आवश्यक भएको बताएका छन्।
वाणिज्य मन्त्रालयद्वारा आज पोखरामा आयोजित वाणिज्य क्षेत्रमा क्रियाशील सरकारी एवम् निजी क्षेत्रका सरोकारवालाबीचको अन्तरक्रिया एवम् छलफलमा उहाँले देशमा अधिकतम लगानी भित्र्याउने सुनिश्चितताका लागि सम्वद्ध सवैको सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे।
मन्त्रालय वाणिज्यमैत्री बन्नका लागि निरन्तर लागिरहेको बताउँदै उनले वाणिज्य क्षेत्रको समग्र विकासका लागि आएका कानुनी अडचन, सम्भावना एवम् चुनौतीलाई समाधान गर्दै अघि बढ्न तयार रहेको उल्लेख गरे।
मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले देशको राजनीतिक अस्थिरताका कारण अपेक्षित लगानी भित्र्याउन नसकेको उल्लेख गर्दै नेपालमा विकासका धेरै सम्भावना भएपनि त्यसको उपयोग गर्न नसकिएको बताए।
कामर्यक्रममा वाणिज्य क्षेत्रमा क्रियाशील सरकारी एवम् निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो । रासस