बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट बिभिन्न कम्पनीका १५ थान घडी, बिभिन्न कम्पनीका ब्याट्री नभएका मोबाइल ५ थान, ३ क्वाईल तार, १ थान डेक्ची, १ थान ताप्के, ईमरजेन्सी लाइटको ब्याट्री १ थान, टर्चलाइट १ थान र मोबाइलको ब्याट्री ३ थान समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।