तमु ल्होछार मनाउन अबको सरकारले अब १२ लाख रुपैयाँ दिने भएको छ।
तमु ल्होछारको अवसरमा शुक्रबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले तमु ल्होछार मनाउन दिइदैं आएको रकमको दोब्बर रकम दिने घोषणा गरेका हुन्।
अघिल्लो सरकारले गत वर्ष ६ लाख रुपैयाँ दिएको थियो।
ल्होछार समारोहको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पुण गुरुङ समुदायलाई शुभकामना दिदै पहिलो पटक जातLय पहिचान स्वायक्तता र आत्मनिर्णयको अधिकार उठाउने समुदाय नै गुरुङ समुदाय भएको भन्दै प्रशंसा पनि गरे।
उनले नेपालको भाषिक सांस्कृतिक परम्पराको रक्षा र संरक्षण गर्ने सवालमा राजनीतिक चेतना र पहिचान स्थापित गराउने तर्फ गुरुङ समुदाय अग्र पंक्तिमा रहेको बताए।