किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा राजन किराती (वासु) चयन भएका छन्। नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट वासु अध्यक्षमा सर्वसम्मतिले चयन भएका हुन्।
खोटाङको दिक्तेलमा गएराति अबेर सम्पन्न मोर्चाको बन्दसत्रबाट उपाध्यक्षमा प्रकाश राई, नरेन्द्र खाम्ले, तिलकप्रसाद राई, शौभाग्यवतीदेवी राई, राजेन राई, टीका लिम्बू, जयप्रकाश राई, आशा कुलुङ, किशोरकुमार राई, भाइ किराती, अशोक राई, विनोद सुनुवार, अरुणा राई (दीक्षा) र राकेश किराती चयन भएका छन्।
दुई दिनदेखि दिक्तेलमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रले महासचिवमा अर्जुन जम्नेली राई तथा उपमहासचिवमा वसन्त राई र रेखराज राईलाई चयन गरेको छ।
समितिको सचिवमा बिर्षिका राई, डेकेन्द्रकुमार राई, कपिल राई, विमल किराती, हस्त राई, नवीन राई, चित्रकुमार राई, सन्ध्या राई, शोनिया राई, भीम राई, कुमार जेरो, ज्ञान किराती र हर्क छिन्ताङलाई चयन गरेको छ। समितिको कोषाध्यक्षमा कमला राई चयन भएकी छन्।
सम्मेलनबाट किरात स्वत्त गणराज्य संंस्थागत गर्न विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष वासुले बताए। रासस