जिविसले दुई गाविसमा गरिबसँग विवेश्वर कार्यक्रम सुरु गरेको छ ।
अति विपन्न र गरिबीको रेखामुनि रहेका गाविसमा कार्यक्रम सुरु गरिएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताए। उनका अनुसार विपन्न गाविसमा रहेका समुदायको क्षमता अभिवृद्धि र उनीहरुको जीवनशैलीमा परिवर्तन गर्नका लागि सो कार्यक्रम लागू भएको हो।
कार्यक्रम उत्तरी भेगको बाँधु गाविस र दक्षिणी भेगको जयवागेश्वरी गाविसमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम सञ्चालनका लागि चालु आवका लागि छ लाख ३० हजार रुपैयाँ खर्च गरिने भएको छ ।
कार्यक्रम लागू भएका गाविसमा सहकारीमा माध्यमबाट बचत गर्न बानीको विकास गर्नु, सहकारी स्थापना गर्न उत्प्रेरित गर्नु, ऋण अनुदान उपलब्ध गराउनु र क्षमता अभिवृद्धि गर्नु सो कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम अधिकृत चक्रराज जोशीले जानकारी दिए। रासस