राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। अध्यक्ष कमल थापाले सरकारसँग पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिन माग गरेका हुन्। २ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वी नारायण शाहको सच्चा सम्मान गर्न पनि राष्ट्रिय एकता दिवस मनाउनैपर्ने तर्क गरे।
अध्यक्ष थापाले राष्ट्रिय एकता दिवस मनाएर मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बलियो बनाउनुपर्नेमा पनि जोड दिए । शाह वंशीय राजा पृथ्वी नारायण शाहलाई आधुनिक नेपालको निर्माता भन्ने गरिएको छ । मुलुक गणतन्त्रमा गईसकेकाले राजातन्त्रको बारेमा वकालत गरिरहन नमिल्ने विश्लेषकहरु बताउँछन् ।