सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण आजबाट अवकाश पाएका छन्।
सर्वोच्च अदालतमा आयोजित बिदाइ कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले माया चिनो प्रदान गरी न्यायाधीस उपाध्यायलाई बिदाइ गरेकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीश, कर्मचारीले पनि उनलाई फूलमाला लगाएर बिदाइ गरेका थिए।
प्रधानन्यायाधीश कार्कीले अवकाश पछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना दिँदै आवश्यक परेका बेलामा आफूहरुले परामर्श लिने बताइन्।
वरिष्ठतम् न्यायाधीश उपाध्याय पुनरावेदन अदालत राजविराज र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश हुँदै २०६८ साल मङ्सिर २० गतेबाट सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। सर्वोच्च अदालतमा न्यायाधीसको उमेरको हद ६५ वर्ष तोकिएको छ।