इङ्ल्यान्डका प्रारम्भिक बलर क्रिस वोक्सले भारतविरूद्ध १६ वर्षपछि सुरुको पाँच ओभरमै तीन विकेट लिने कीर्तिमान बनाएका छन्।
कटकमा भइरहेको दोस्रो एकदिवसीयअन्तर्गत भारतका तीन स्टार ब्याट्सम्यान केएल राहुल, शिखर धवन र कप्तान विराट कोहलीलाई उनले खेल सुरु भएको पाँच ओभर भित्रै आउट गरेका थिए। वोक्सले राहुल र विराटलाई दोस्रो स्लिपमा स्टोक्सद्धारा क्याच आउट गराएका थिए। धवन भने बोल्ड भए।
यसअघि भारतविरूद्ध न्युजिल्यान्डका सेन बोन्डले पाँच ओभरभित्र तीन विकेट लिएका थिए। बोन्डले २००१ मा जिम्बाबेको बुलाबाओमा भारतविरूद्ध सुरुको पाँच ओभरभित्र तीन विकेट लिने कीर्तिमान बनाएका थिए।
भारतले सुरुको पाँच ओभरभित्र तीन विकेट गुमाएको घटना भने अन्तिम पल्ट २०१० मा थियो। ढाकामा श्रीलंकाले भारतविरूद्ध पहिलो पाँच ओभरमा तीन विकेट लिएको थियो।