युवराज सिंहले एकदिवसीयमा आफ्नो नयाँ उच्च व्यक्तिगत योगफल बनाएका छन्। तीन वर्षपछि भारतको एकदिवसीय टोलीमा स्थान बनाएका युवराजले १३ वर्षअघि अस्ट्रेलियाविरूद्ध बनाएको १ सय ३९ रनको उच्च व्यक्तिगत योगफललाई उछिनेका हुन्।
कटकमा भइरहेको इङ्ल्यान्डविरूद्ध दोस्रो एकदिवसीयमा उनले स्टोक्सको बलमा छक्का प्रहार गर्दै सन् २००४ मा सिड्नीमा अस्ट्रेलियाविरूद्ध बनाएको उच्च योगफललाई उछिनेका हुन्। उनले छक्का प्रहार गरेपछि १ सय ४२ रनमा पुगेका छन्।
अहिले उनी ३ छक्का र २१ चौका प्रहार गर्दै १ सय २४ बलमा १ सय ४८ रन बनाएर खेलिरहेका छन्।