भोजपुर सदरमुकामका अग्निपीडितलाई भोजपुर–विराटनगर सेवा समाज समितिले राहत रकम हस्तान्तरण गरेको छ।
गत मङ्सिर ५ गतेको आगलागी पीडित आठ घरपरिवारलाई समाजबाट सङ्कलन भएको ९७ हजार २ सय ७६ रुपैयाँको बैंक भौचर आज हस्तान्तरण गरिएको समाजका सदस्य मणि प्रधानले जानकारी दिए।
सोही क्रममा आगलागी पीडित गणेश श्रेष्ठले हालसम्म प्राप्त राहत रकमले पुनःनिर्माणमा प्रेरणा मिलेको बताए। रासस