अस्पताल भित्रै बिरामी र कुरूवाले आत्महत्या गरेका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी आमाको कुरूवा बसेका झापा, तोपगाछि-२ का ३३ वर्षे दुर्गा बराइलीले आत्महत्या गरेका हुन्। यस्तै घाँटीको क्यान्सर रोगको उपचार गराइरहेका मोरङ, सिजुवा १ का ५३ वर्षीय गंगा भट्टरार्इले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
बराईली आफ्नी आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।