रियल म्याड्रिडका स्टार पेपे अन्ततः महंगो रकममा चिनियाँ क्लबमा आवद्ध भएका छन्। म्याड्रिडलाई गम्भीर धक्का लगाउदै पोर्चुगलका सेन्टर ब्याक पेपे चीनको सुपर लिग क्लब हेबेई चाइना फच्र्युनमा आवद्ध भएका हुन्।
उनलाई अनुबन्धित गर्न चीनकै अन्य क्लब पनि उत्सुक थियो। तर, हेबेईले ३३ वर्षीय पेपेका लागि बार्षिक करिब १ अर्ब ७६ करोड रुपैयाँ कमाउने छन्।
म्याड्रिडमा उनको सम्झौता यसै वर्षको अन्त्यमा समाप्त हुँदैछ। उनलाई इङ्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीले पछिल्लो समय आँखा लगाएका थिए। चिनियाँ क्लब हेबेईलाई रियल म्याड्रिकै पूर्व प्रशिक्षक मानुअल पेलेग्रिनीले प्रशिक्षण दिँदै छन्।
पेपे चिनियाँ क्लबमा आवद्ध हुने खबर स्पेनिस रेडियो काडेना कोपले सार्वजनिक गरेको थियो।