इंल्याण्डबिरूद्धको पहिलो टी-१० शृंखलामा भारतले १४८ रनको सामान्य लक्ष्य दिएको छ। निर्धारित २० ओभरको खेलमा महेन्द्र सिंह धोनीको नटआउट ३६ रनको सहयोगमा भारत ७ विकेट गुमाउँदै १४७ रनमा समेटियो।
उसका लागि कप्तान विराट कोहलीले २९, सुरेश रैना ३४ रनमा आउट भए। युवराज सिंहले १२ रन बनाउँदै अरू कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
इंल्याण्डका मोइन अलीले २ विकेट लिए। १४८ रनको लक्ष्य पछ्याएको इंल्याण्ड केहीबेरमै ब्याटिङ गर्ने भएको छ।