नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले आजको आवश्यकता निर्वाचन भएकाले यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन्।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले भने — देशका लागि तत्कालको आवश्यकता संविधान संशोधन भन्दा पनि निर्वाचन भएकाले सरकार यसतर्फ केन्द्रित हुनुपर्दछ ।
नेता चौलागार्इंले सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने काम मात्रै गरिरहेको आरोप लगाउँदै सरकारले निर्वाचन गर्न नचाहेको बताए।
'काँग्रेसभित्रपनि निर्वाचन गराउने र नगराउने दुई धार देखिएको छ छ,' उनले भने, 'एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा छ।'
नेता चौलागार्इंले निर्वाचनबाट दुई तिहाई मत ल्याएर संविधान संशोधन गर्न मधेसी मोर्चालाई चुनौती दिँदै ९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई कसैले भन्दैमा संशोधन गर्न नुहने बताए।