पृथ्वीनाराण क्याम्पसमा एमाले निकट विद्यार्थीबीच झडप हुँदा ८ जना घाइते भएका छन्। केपी ओली र माधव नेपाल पक्षका गरी ८ विद्यार्थी घाइते भएका हुन्। घाइतेहरुको मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ। घाईते हुनेहरूमा ओली पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन छन्।
त्यसै गरि माधव नेपाल पक्षका विनय राना, दिनेश ढुंगाना, विमल पौडेल, बज्रराज अधिकारी छन्। ‘बुधबार विद्यार्थीबीच भएको अपमानजनक भनाभनको छलफलका लागि बिहान पृथ्वीनारायण क्याम्पसमा छलफल थियो,’ एक विद्यार्थी नेता सेतोपाटीलाई भने, ‘छलफलकै क्रममा हानाहान सुरू भइहाल्यो।’