भारतीय टेस्ट ब्याट्सम्यान चेतेश्वर पुजाराले ५२ वर्ष अगाडि चन्दु बोर्डेको नाममा रहेको एउटा कीर्तिमानलाई भंग गरेका छन्।
उनले बंगलादेशविरूद्ध बिहिबारदेखि सुरु टेस्टको पहिलो दिन ८३ रन बनाउने क्रममा पूर्व भारतीय टेस्ट क्रिकेटर बोर्डेको कीर्तिमान भंग गरेका हुन्। सन् १९६४–६५ मा बोर्डेले भारतको ‘फस्र्ट क्लास’ सिजनमा १ हजार ६ सय ४ रन बनाएको थियो।
बोर्डेले २८ इनिङमा यो कीर्तिमान बनाएका थिए। तर, पुजाराले २०१६–१७ को सिजन २१ इनिङमा ६ सतक बनाउने क्रममा १ हजार ६ सय ५ रन बनाएका हुन्।
पुजाराले ‘फस्र्ट क्लास’ सिजनमा १५ सयभन्दा बढि रन बनाएको यो दोस्रो मौका हो। सन् २०१२–१३ को सिजन पनि पुजाराले २३ इनिङमा १५ सय ८५ रन बनाएका थिए। उनी यो कीर्तिमान दोहो¥याउने पहिलो भारतीय ब्याट्सम्यान हुन्।