राष्ट्रपति विद्यादेवी भण्डारीले जारी राजनीतिक गतिरोधको विषयमा दलहरुसँग परामर्श गर्न लागेकी छन् ।
संविधान संशोधन,निर्वाचनको मिति घोषणा लगायतका विषयमा दलहरुबिच निकास निस्कन नसकिरहेको बेलामा राजनीतिक दलहरुसँग छलफल गर्न लागेकी हुन ।
अपरान्ह चार बजे राष्ट्रपति भवन शितल निवासमा हुने छलफलमा राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी,संघीय समाजबादी फोरम लगायतका दस दललाई बोलाएकी छन् ।
अहिलेको समसामयीक विषयमा छलफल गर्नका लागि राष्ट्रपतिले बोलाउनुभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सेतोपाटीलाई बताए ।
यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले आज भने सामुहिक छलफल गर्न लागेकी हुन ।
संविधान कार्यन्वयनमा दलहरुको सहमति, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल हुने राष्ट्रपति कार्यलय श्रोतले जानकारी दिएको छ । दलीय सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै आएकी राष्ट्रपति यादवले यसअघी दलहरुसंग छुट्टा छुट्टै छलफल समेत गरेकी छन् ।
सरकारले जेठ भित्र स्थानीय निर्वाचन मिति घोषणा गर्ने भनेपनिसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउन नसक्दा निर्वाचन हुनेमा अशंका बढ्दै गएको छ ।