पेरिस सेन्ट जर्मनी (पिएसजी) ले च्याम्पियन्स लिगअन्तर्गत पहिलो हाफको खेलमा भ्रमणकारी बार्सिलोनालाई २ गोल हानेको छ।
४० मिनेटमा जुलियान ड्राक्स्लरले उत्कृष्ट गोल गरेपछि बार्सिलोना पिएसजीको घरेलु मैदानमा पहिलो हाफमै दुई गोलले पछि परेको छ।
यसअघि १८ मिनेटमा एन्जेल डि मारियाले पिएसजीलाई फ्रिकिकमार्फत पहिलो गोलको सफलता दिलाएका थिए। पहिलो हाफमा बार्सिलोनाको खेल निकै फितलो देखिएको छ।
जुलियानको च्याम्पियन्स लिगमा यो पहिलो गोल थियो।