सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजार रुपैयाँको अक्षयकोष खडा गरेका छन्।
विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गरिएको जानकारी दिए। जोशी ११ कक्षादेखि नै सोही क्याम्पसमा अध्यययनरत छन्। उनी हाल मानविकी सङ्कायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्यययनरत हुन्।
पढाइलाई उमेरले नछेक्ने उदाहरण दिएका जोशीले बूढेसकालको समयमा भए पनि डिग्री सम्मको अध्ययन पूरा गरेरै छाड्ने सोचमा रहेको बताए। क्याम्पसमा उनलाई ‘बाजे‘ भनेर अधिकांशले सम्बोधन गर्छन् । जोशीले स्थापना गरेको अक्षयकोषबाट यस वर्ष स्नातक तह तृतीय वर्षमा अध्ययनरत छात्र महेश नेपालीलाई छात्रवृत्ति प्रदान गरिएको छ । रासस