भारतको टेस्ट टिमबाट सन्यास लिएपछि पूर्व कप्तान महेन्द्रसिंह धोनी हिजोआज फुर्सदिलो भएका छन्। उनी यतिबेला आफ्नो फुर्सदको समय परिवारसँग बिताउँछन्। धोनीले केही दिनअघि मात्र इन्स्ट्राग्राममा छोरीसँग खेलिरहेको भिडियो पोस्ट गरेका छन्। जसमा उनी भुइँमा छोरी जीवासँग खेल्दै गरेको देखिएका छन्।
भारत र अस्ट्रेलियाविरूद्ध ४ टेस्टको शृंखला फागुन २३ देखि सुरु हुँदैछ। धोनीले एकदिवसीय र टि–२० क्रिकेटको कप्तानी छोडे पनि उनले सन्यास लिएका छैनन्।