युरोपा लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड र सेन्ट इटिनबीच बिहिबार रातिको खेललाई ‘पोग्बा परिवार’ को मिलनको रातको रुपमा विदेशी पत्रिकाले अर्थ्याएका छन्।
युरोपा लिगको समूह–३२ को पहिलो लेगको खेलमा महंगो रकममा यसै वर्ष इङ्लिस क्लबमा आवद्ध भएका थिए। उनले आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा सेन्ट इटिनबाट खेल्ने दाजु फ्लोरेन्टिनसँग भिड्नु परेको थियो।
दुवै छोरा एकअर्कासँग प्रतिस्पर्धा गरेको हेर्न पोग्बाकी आमा येओ र तेस्रो छोरा माथेस ओल्ड ट्राफोडमा उपस्थित भएका थिए।
फ्लोरेन्टिन सन् २०१२ मा ५ लाख युरोमा फ्रेन्च क्लबमा आवद्ध भएका थिए। पोग्बालाई भने यसै सिजन रेड डेभिल्सले ८ करोड ९० लाख पाउण्डमा अनुबन्धित गरेको थियो।
फ्लोरेन्टिनले प्रभावशाली प्रदर्शन गर्न नसकेपछि उनलाई ७९ मिनेटमा पदस्थापन गरिएको थियो। मैदानमा दाजु–भाईको केही समयको भलाकुसारीलाई म्यानचेस्टर युनाइटेडका पूर्व आइरिस स्टार रोय किनले आलोचना गरे। उनले आफूले पाँच वर्षसम्म आफ्नो भाईसँग गरेको कुराभन्दा बढि पोग्बा दाजु–भाईले एकै रातमा मैदानमा गरेको भन्दै आलोचना गरे।
तर, पाउल पोग्बाले आफ्नो भाईसँग एउटै मैदानमा प्रतिस्पर्धा गरेको घटनालाई अविश्वसनीय भनेका छन्। ‘सधै यस्तो मौका जुर्दैन्। भाईसँग प्रतिस्पर्धा गर्दाको क्षणलाई मैले रमाइलो गरे,’ पोग्बाले भने।
युरोपा लिगको पहिलो लेगको खेलमा जाल्टन इब्राहिमोभिकको हयाट्रिकको सहयोगले म्यानचेस्टर ३–० ले विजयी भएको थियो।