जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त छन्।
जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागमा परेका छन्।
जिशिअ पोखरेलले दलित छात्रवृत्तिमा अनियमितता भएका उजुरी बढी परेको बताए। उजुरी परेकामध्ये ६० वटा फर्छौट भएका तथा अन्य एक सय ४० वटा छानबिनका क्रममा छन् । रासस