दिल्लीका पूर्व सांसद तथा भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि बलात्कारको आरोप लागेको छ।
दिल्लीकी एक महिलाले आफूलाई गुरगाउँको एक होटलमा बलात्कार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी छन्। उक्त महिलाले जोलीले गत फेब्रुअरी १० तारिखका दिन गुरगाउँको आप्नो घर रिसोर्टमा दिउँसो साढे एक बजेतिर आफूलाई बलात्कार गरेको बताएकी छन्। जोलीले उनलाई ‘मिटिङ’ बस्ने भनेर होटलसम्म आफ्नो गाडीमा लगेको र पछि नसालु पेय पदार्थ खुवाएर जबरजस्ती गरेको महिलाले आरोप लगाएकी छन्।
यस विषयमा विजय जोलीले भने आफू निदोर्ष रहेको बताएका छन्। महिलाले आफूलाई फसाउन र आफ्नो छवि बिगार्न झुटो आरोप लगाएको उनको भनाइ छ।
जोलीको भनाइ अनुसार उक्त महिलाले धेरैसँग ऋण लिएकी थिइन् र आफूसँग ५ लाख भारु मागेकी थिइन्। आफूले पैसा दिन नमानेपछि बलात्कारको आरोप लगाएको जोलीले बताएका छन्।