भारतीय टेस्ट कप्तान विराट कोहली अस्ट्रेलियाविरूद्धको पहिलो टेस्टमा फेरि छिटै आउट भएका छन्। पहिलो इनिङमा शुन्यमा आउट भएका विराट दोस्रो इनिङमा १३ रनमा बोल्ड भए।
अस्ट्रेलियाका बायाँ हाते अर्थोडक्स स्पिनर स्टिभ ओ’किफको दोस्रो बललाई राम्रोसँग पढ्न नसक्दा बोल्ड भए। उनले ओ’किफको बल स्पिन भएर बाहिर जाने अपेक्षामा छोडेका थिए।
तर, बल अफ स्टम्पमा गएर लागेको थियो। विराट पहिलो इनिङमा स्टार्कको बलमा क्याच आउट भएका थिए। भारतले जितका लागि आवश्यक ४ सय ४१ रनको अवस्थामा ५० रनमा ३ विकेट गुमाइसकेको छ।