एमाले नेता माधवकुमार नेपालको गृह जिल्लामा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाले अवरोध गरेको छ। रौतहटमा आइतबार भइरहेको कार्यक्रममा मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको छ ।
नेता नेपाल आउने भएपछि मोर्चाका कार्यकर्ताहरू एमालेको विरोध गर्दै गौरमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए।
एमाले रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता नेपाल गौर गएका थिए।
प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन्। आन्दोलनकारीहरुले पुलिसलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि भीड तितरवितर पार्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।