त्रिवि अन्तर्गत सञ्चालित पोखराका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि बिहानैदेखि मतदान सुरु भएको छ।
वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र विन्ध्यवासिनी संस्कृत विद्यापीठमा निर्वाचन भइरहेको निर्वाचन अधिकृतले बताए।
पश्चिमाञ्चलमा सबैभन्दा बढी विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा भने अनेरास्ववियु क्रान्तिकारी ‘प्रचण्ड’ले क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेकाले निर्वाचनको कार्यक्रम स्थगन गरिएको निर्वाचन अधिकृत प्रा डा चन्द्रबहादुर थापाले जानकारी दिए। रासस