अफगानिस्स्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणको लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडको क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ परेका छन, भने उनका नजिकैका तीन सहयोगी मारिएका छन्।
कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन भने उनका नजिकका तीन सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन्।
बर्फाक जिल्लामा गत दुई दिनयता तालिवान विद्रोहीहरु सरकारी सुरक्षाबलविरुद्ध शृखलाबद्ध रुपमा आक्रमण गर्दै आएका र सुरक्षा बल उनीहरु प्रतिकार गर्दा एक प्रमुख कमाण्डर मारिएका उनका तीन सहयोगी पक्राउ परेका छन्। रासस ÷सिन्ह्वा